Who We Are
Empowering Institutional Integrity & Financial Growth
कर्णाली प्रदेश, दैलेख जिल्ला दुल्लू नगरपालिका वडा नं.-५, रनुखाना जन्मस्थान तथा मातृथलो भएका रिजाल सन्तति एवं ग्रामीण क्षेत्रका नेपाली सन्तति, आमा–बुवा, दाजुभाइ, दिदीबहिनी लगायत सम्पूर्ण बन्धुत्वहरूलाई एकताबद्ध गर्दै “सभ्य, समुन्नत र सशक्त समाज निर्माणको आधार: एकताबद्ध हाम्रो परिवार” भन्ने मूल नारालाई आत्मसात् गर्दै रिजाल उत्थान एवं परोपकारी समाज, दुल्लू-५, दैलेखको स्थापना भएको हो।
यस संस्थाको सुरुवात वि.सं. २०७४ सालमा अनौपचारिक रूपमा भएको थियो। तत्पश्चात् वि.सं. २०७८/०८/०८ गते जिल्ला प्रशासन कार्यालय, दैलेखमा (दर्ता नं. ४८७) दर्ता भई वैधानिक रूपमा संस्थागत स्वरूप प्राप्त गरेको हो। साथै, वि.सं. २०७८/१२/०२ गते समाज कल्याण परिषद्, पुल्चोक, ललितपुरमा समेत आवद्ध (स.क.प.आबद्धता नं. ५३५६३) भई सामाजिक क्षेत्रमा आफ्नो औपचारिक उपस्थिति स्थापित गरेको छ।
नाफारहित सामाजिक सेवाको भावनाबाट ओतप्रोत यस संस्थाले समाजको शैक्षिक, सामाजिक, आर्थिक, कृषि लगायतका सर्वाङ्गीण क्षेत्रको विकास तथा समृद्धिमा योगदान पुर्याउँदै आएको छ। समाजमा विद्यमान असमानता, विभेद तथा विसंगतिजन्य समस्याहरूको न्यूनीकरण गर्दै सामाजिक सद्भाव, समानता र आपसी सहयोगको भावना अभिवृद्धि गर्नु संस्थाको प्रमुख उद्देश्य हो।
त्यसैगरी, वैदेशिक रोजगारीको बाध्यतालाई न्यूनीकरण गर्दै स्थानीय स्तरमा स्वरोजगार, उद्यमशीलता तथा आत्मनिर्भरता प्रवर्द्धन गरी स्वावलम्बी समाज निर्माणमा जोड दिनु संस्थाको दीर्घकालीन सोच हो। यसबाट समाजमा आपसी सहयोग, सद्भाव, मैत्रीपूर्ण सम्बन्ध तथा सामाजिक उत्तरदायित्वको भावना थप सुदृढ हुने विश्वास संस्थाले लिएको छ।
यसरी, रिजाल उत्थान एवं परोपकारी समाज, दुल्लू–५, दैलेख सामाजिक एकता, आपसी सहयोग, परोपकार, आत्मनिर्भरता र सामुदायिक रूपान्तरणको अभियानमा निरन्तर अग्रसर रहेको गैरराजनीतिक, गैरनाफामूलक तथा सामाजिक सेवामुखी संस्था हो।
Our Core
Purpose
Rijal Uplift & Charitable Society (RUCS)
Key Pillars of Our Organization
Prudent Governance
Strict adherence to regulatory acts, double-entry audit standards,
and transparent reporting.
Member-Centricity
Delivering accessible financial tools, institutional support, and
digital self-service solutions.
Technological Innovation
End-to-end digital ledgers, automated general ledgers, trial
balance checks, and secure record keeping.
Social Responsibility
Promoting cooperative solidarity, sustainable economic resilience,
and inclusive community welfare.